Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

मोरङ, २५ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिका ६ मा मादक पदार्थ सेवन (मापसे) गरेर पैनीमा लडेकी एक महिलाको मृत्यु भएको छ । मापसे गरेर लडेपछि उठ्न नसकेकी ५३ वर्षीय जीतमाया लिम्बूको घर नजिकैको पैनीमा रहेको पानीमा डुबेर मृत्यु भएको प्रहरी चौकी गछियाले जनाएको छ । प्रहरीका अनुसार पानीमा डुबेको अवस्थामा बुधबार विहान शव फेला परेको हो ।

गाउँतिर गएकी उनी मापसे गरेर मंगलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको र उठ्न नसक्दा त्यहीं डुबेर मृत्यु भएको प्रारिम्भक अनुसन्धानबाट खुलेको प्रहरी नायव निरीक्षक रामकाजी कटवालले बताए । शवलाई पोष्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।
पूर्वेली न्यूजबाट

तपाईको प्रतिक्रिया