Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

सप्तरी, २५ पुस । वैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवाले क्षतिपूर्तिवापतको रकम पाएका छन् ।

शम्भुनाथ नगरपालिका वडा नम्बर १२ अर्नाहाका राजेश कुमार सरदार, श्रीप्रसाद सरदार, भुपेन्द्रप्रसाद सरदार, रमानन्द सरदार र संजिव सरदारलाई १ लाख २५ हजार रुपैयाँका दरले क्षतिपूर्तिवापत ६ लाख ५० हजार रुपैयाँ दिइएको आप्रवासी श्रोत केन्द्र राजविराजले जनाएको छ ।

स्थानीय सुरेन्द्र प्रसाद साहले पाँचैजनालाई मलेसिया पठाउने भन्दै ठगी गरेका थिए । साहले नेपालमा फर्नि्र्सिङ कार्पेन्टरको कामको लागि भनेर मलेसियामा काठ चिर्ने काममा लगाएको पीडितहरुले बताएका छन् ।

नेपाल फर्किएपछि उनीहरुले सुरक्षित आप्रवासन सम्बन्धी सूचना तथा परामर्श केन्द्रमा घटनाको बारेमा जानकारी गराएका थिए । त्यही जानकारीको आधारमा केन्द्रले निरन्तर पहल गरेर प्रत्येक पीडितहरुलाई रकम फिर्ता गरेको केन्द्रका रामप्रवेश मण्डलले जानकारी दिनुभयो ।

उज्यालोअनलाईनबाट

तपाईको प्रतिक्रिया