Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

ताप्लेजुङ, २५ पुस । आफ्नै १० वर्षीया बहिनीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षीय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश दिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जय सिंह थापालले वताए ।

फुङलिङ नगरपालिका–१ का ती युवकले घरमा कोही नभएको मौका पारी बहिनीलाई बलात्कार गर्ने गरेको र अन्तिम पटक गत मंसिर १८ गते जबरजस्ती गरेका थिए । दिदीले प्रहरी कार्यालयमा उजुरी दिएपछि कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।
यता प्रहरीले गाली बेइज्यती मुद्धाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतवाट सजाय घोषित फरार अभियुक्तहरुको खोजी गर्ने क्रममा मिक्वाखोला गाउँपालिका वडा नं २ का ५० वर्षिय बुद्धिमान कार्कीलाई पक्राउ गरेको हो । कार्कीलाई अदालतमा पेश गर्दा तोकिएको जरीमाना वुझाई अभियुक्त छुटेको प्रहरीको भनाई ।

यस्तै जालसाजी मुद्धामा अदालतवाट सजाय घोषणा भएका सिरीजंघा गाउँपालिका वडा नं ५ का गंगामाया विष्टलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । बिष्टलाई समेत अदालतमा तोकिएको जरमाना बुझाई छुटेका प्रहरीले जनाएको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया