Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

ढुण्डिराज गुरगाईं(चन्दु)

सत्ताको नेतृत्व शक्तीले सामाजिक अन्तरबिरोधको सही पहिचान गरी समाजबादका भ्रूण स्थापित गर्ने आधारभुत कार्ययोजना सहित अगाडि बढेको खन्डमा मात्र नेपाली समाज समाजवादको दिशामा हिँड्छ यदि कम्युनिष्ट नेतृत्वको यो सरकारले सचेतता पुर्बक कदम चालेन भने नेपाली समाजमा पुँजीवादको चक्रव्यूहले माक्र्सवादीहरूलाई पुँजीवादी शक्तिकै रूपमा बदल्नेछ ।

यो युग एक्काइसौँ शताब्दीको युग हो विज्ञान र प्रविधिको युगपनि हो प्रविधिको अतुलनीय विकास भएको युगमा कतिपय कुराहरू माक्र्सबादले संकल्प गरेभन्दापनी गुणात्मक रूपमा अगी छन् । तर, विज्ञान र प्रविधिको जतिनै उच्तम बिकास भएपनी सामाज विज्ञानको धरातलीय यथार्थ द्वन्द्वात्मक भौतिकवादी बिश्व दृष्टिकोण र माक्सबादबाट ति टाढा छैनन् ।

बिभिन्न ऐतिहासिक कालखण्डमा बिद्वानहरु बाट माक्सबादका बिषयमा सर्बा्धिक बहस हुनेगरेको छ भने कतिपय पुजीवादी हरुले त माक्र्सवादको जीवन र आत्मा थोत्रो भईसक्यो मरिसक्यो अब यसबाट संसार अगाडि बढ्न सक्दैन भनेर ठोकुवा गर्ने गरेका छन् तर आजको एक्काइसौँ शताब्दिको युगमा पुँजीवादी बिश्लेषकहरुले भनेजस्तो माक्सबादको आत्मा मरेको हैन की झन् झन् यसको महत्व बढ्दै सजिब र निर्बिकल्प बन्दै गईरहेको छ ।

किनकी अहिले हामी देख्न सक्छौँ अनुभब गर्न सक्छौं नियाल्न सक्छौँ संसारभरी साम्राज्यवाद हाबी छ बिश्व अर्थतन्त्रमा पुँजीवादी हरुको दबदबाछ पूंजीबादी अर्थ ब्यावस्थाले हेरक बस्तुलाई मालको रूपमा अथवा हेरक चिजलाई खरिद बिक्रीको रूपमा बुझ्दछ । पुँजीबादी अर्थतन्त्र उत्पादन र वितरण प्रणालीको त्यो अवस्था हो, जहाँ पूँजीपति वर्गको एउटा सानो समुहले उत्पादनको स्वामित्व र संचालन दुबै लिएको हुन्छ ।

यसले श्रमिक बर्गको श्रम शक्ति किनेको हुन्छ, उत्पादित वस्तुहरुलाई आफनो कब्जामा राख्छ र नाफाको उदेश्य सहित त्यसलाई बजारमा बेच्छ ।असमान प्रतिस्पर्धाको बिकाश गर्छ धनी र गरीब बीचको खाडल झनझन बढाउँछ ।त्यसैले माक्सबाद ले त्यसको ठिक बिपरित उत्पादनका साधनहरु माथि सामुहिक स्वामित्वको बिकास गर्छ सामाजिक दायित्व सहितको समान बितरण प्रणालि बिकास गर्छ आर्थिक र सामाजिक समानता प्राप्त गर्ने निरन्तर प्रयत्न गर्छ सामाजिक असमानताका खाडल पुर्दै समान्तमा आधारित समाज निर्माणमा केन्द्रीत हुन्छ अन्तयमा शोषणविहीन समाजको निर्माण हुन्छ ।

त्यसैले आजको यस युगमा हामी माक्सबादी हरूले देश काल परिस्थिति अनुसार अनेकन प्रतिकूल परिबेशहरूलाई अनुकूलतामा परिणत गर्दै राष्ट्रलाई समृद्ध तुल्याउन सक्नुपर्दछ आज हाम्रो नेपाली समाज पनि वर्ग संघर्षका अनेकन उच्चतम भिषण मेडहरू पार गर्दे हजारौं बलिदानका कोटा पुर्ण गरी सामन्तवादको अन्त्य गर्दै पुँजीवादी युगको नयाँ चरणमा प्रवेश गरेको छ भने नेपाली समाजको आर्थिक उपरीसंरचनाआंसिक रुपमा केही सामन्तबादी अबशेष सहित दलाल तथा नोकरशाही पुँजीवादको चपेटामा छ ।

यस्तो बिशिष्ठ मोडमा सत्ताको बागडोर भने करिब करिब दुईतिहाइ बहुमत सहित कम्युनिष्ट पार्टी र समाजवादीहरूको हातमा छ ।कम्युनिष्ट हरूका लागि यो स्थिती आफैंमा एउटा समाजबाद स्थापनाको निम्ति गतीलो चुनौती तथा अबसर हो ।

यस अबस्थामा सत्ताको नेतृत्व शक्तीले सामाजिक अन्तरबिरोधको सही पहिचान गरी समाजबादका भ्रूण स्थापित गर्ने आधारभुत कार्ययोजना सहित अगाडि बढेको खन्डमा मात्र नेपाली समाज समाजवादको दिशामा हिँड्छ यदि कम्युनिष्ट नेतृत्वको यो सरकारले सचेतता पुर्बक कदम चालेन भने नेपाली समाजमा पुँजीवादको चक्रव्यूहले माक्र्सवादीहरूलाई पुँजीवादी शक्तिकै रूपमा बदल्नेछ त्यसैले, हामी समाजवादीहरूका लागि कम्युनिस्ट पार्टी कस्तो बन्छ र बिद्यमान बर्गीय, क्षेत्रीय, ससमस्याहरु कसरी हलगर्छ त्यसमा धेरै कुरा निर्भर रहनेछ ।

जबसम्म नेपाली समाजको उत्पादन प्रणाली र वितरण प्रणालीमा रूपान्तरण गर्न सकिँदैन तबसम्म कम्युनिस्टहरू जति समय सत्तामा बसे पनि जनताको जीवनमा केही मात्रात्मक सुधार त हुन्छ खासै ठूलो परिवर्तन भने हुनेछैन समाजबाद खाली नारामा मात्र सिमित हुनेछ देश अहिले संघिय गणतन्त्रको स्थापना संगसंगै राज्यका तिनै तहको निर्वाचन सम्पन्न गरी स्थिर सरकार मार्फत शुसासन समृद्धिको महत्वपूर्ण एजेन्डा सहित अगाडि बढिरहेको छ यसै सन्दर्भमा केन्द्रीय तह तथा प्रदेश तहको निर्वाचन भएको करिब एकबर्ष पुग्न लागेको छ भने स्थानिय तहको निर्वाचन सम्पन्न भएको पनि दुई बर्ष अबधिमा हिडिरहेको छ।

एकात्मक अस्थिर राजनैतिक प्रणालिको बिस्थापनका साथै स्थिर प्रगतिशील राजनैतिक प्रणालिको बिजारोपण भई अगाडी बढ्दै गर्दा जनताका बिकास र समृद्धिका असिमित आकाङ्क्षा आबास्यकता हरूको बर्षा सरकार माथि हुनु स्वाभाविक हुनजान्छ जनताका ति असिमित आकाङ्क्षा र आबास्यकता हरूको चाहाना राज्यको सिमित साधन श्रोत हरूबाट पुरागर्दै जनु र बिकशित नयाँ संघिय संरचनाको संस्थागत बिकाश गर्दै बढ्नुपर्ने टड्कारो चुनौती सहितको दाईत्व बर्तमान सरकारको कांधमा छ ।

यि चुनौतीपुर्ण दाईत्व हरुलाई सम्बोधन गर्नको निमित्त सकारात्मक ढंगबाट आएका आलोचना हरुलाई सुझाबका रुपमा मनन् गर्दै बर्तमान लोकतान्त्रिक प्रणालिको अझ सुदृढ गर्दै समाजबादका अब्यब निर्माण गर्ने योजना मा संकल्पित भएर जनताका गास, बास, कपास शिक्षा, स्वास्थ्य, रोजगार सहितका आधारभुत आवश्यकता पुरा गर्न आवेग र आक्रोसपुर्ण मानसिकताबाट हैनकी समुन्नत कार्ययोजनाको माध्यमबाट जनतामा आभास हुनेगरी कदम चाल्न जरुरी देखिन्छ ।

परनिर्भर दलाली आयातित आर्थिक उपरिसंरचनाको क्रमसः अन्त्य गर्दै उत्पादन मुलक क्षेत्रमा लगानी बढाई आत्मनिर्भर अर्थतन्त्रको बिकास गर्नु र राष्ट्रिय पुँजीको निर्माणमा भुमिका निर्वाह गरी समृद्धिको लक्ष्य पुरा गर्नुनै अहिलेको गन्तव्य हुनुपर्दछ ।यसो भयो भने मात्र बिगत निर्वाचनमा गरेका बाचा पुराहुन सक्तछन् यस बिषयमा सरकारको बिशेष ध्यान जान जरुरी छ ।नत्र घुमिफिरी रुम्जाटार भनेझैँ उही पुरानै अवस्थामा रूमलिनु सिवाय केहि हुन सक्दैन ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments