Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, २४ पुस । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ ।

आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेको जानकारी प्राप्त भएको छ । आज विहान ७ बजे शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया