Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २४ पुस । काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले लगाउँदै आएको ’ह्विल लक’लाई थप व्यवस्थित बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनमा ‘ह्विल लक’ लगाउने अभियान केही दिनदेखि महाशाखाले सुरु गरेको छ । यसरी ह्विल लक लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने अन्योल बढ्ने गरेको थियो । त्यसैले कुन कार्यालय र कसले ह्विल लक लगाएको हो भन्ने विस्तृत विवरणसहित सम्बन्धित सवारी साधनमा आजबाट स्टिकर टाँस्न थालिएको छ ।

जथाभावी पार्किङ गर्ने सवारी साधनको नम्बर, ठाउँ, मिति र समय पनि स्टिरमा उल्लेख गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ह्विल लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नु पर्नेछ ।

आजबाट स्टिकर टाँसेर ह्विल लक अभियानलाई थप व्यवस्थित बनाएको महाशाखाले जनाएको छ । जथाभावी पार्किङ गरेका सवारी साधनका चालकतर्फका झ्यालमा स्टिकर लगाइने गरेको पनि महाशाखाले जानकारी दिएको छ ।

इमेजखबरबाट

तपाईको प्रतिक्रिया