Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

भोजपुर, २४ पुस । भोजपुर जिल्लाको दक्षिणी आम्चोक गाउँपालिकास्थित दुम्मानाका तत्कालीन दुई जना गाविस सचिव र एक जना कार्यालय सहयोगीले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) हिनामिना गरेको अभियोगमा अख्तियारमा मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो । मृत्यु भइसकेका व्यक्तिको नागरिकता पेश गरी वृद्ध भत्ता लिएको उनीहरूमाथि आरोप छ । जिल्लाको साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन गाविस सचिवद्वय रेवतीकुमार कोइराला र मनिष चौधरी तथा कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठ विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको अख्तियारको कार्यालयले जनाएको छ ।

अख्तियारले सचिव कोइराला विरुद्ध ८३ हजार बिगो र जरिवाना माग दाबी गर्दै भ्रष्टाचारमा मुद्दा दर्ता गरेको छ । यस्तै अर्का सचिव चौधरीमाथि २ लाख ५० हजार र कार्यालय सहयोगी श्रेष्ठमाथि २ लाख २७ हजार रुपैयाँ बिगो तथा जरिवाना माग दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया