Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

उर्लाबारी, २४ गते । फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले तीव्रता दिएको छ । यसैक्रममा आइतबार उर्लाबारी प्रहरीले सरकारी छाप किर्ते मुद्धाका फरार प्रतिवादी उर्लाबारी–४ का रिपुराज भट्टराईसहित डेढ दर्जनलाई पक्राउ गरेको छ ।

भट्टराई ११ महिना १० दिन कैद भुक्तान गर्न र ५० रुपैयाँ जरिवाना तिर्न बाँकी रहेकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताए ।

यसैगरी सवारी ज्यान मुद्धामा फरार उर्लाबारी–७ का यामबहादुर गिरी, सम्बन्ध बिच्छेद मुद्धामा फरार उर्लाबारी–३ का किरण श्रेष्ठ, नागरिकता कीर्ते मुद्धामा तत्कालीन राजघाट–७ का प्रकाशचन्द्र सापकोटा, वन मुद्धामा तत्कालीन टाँडी– ५ का शम्भु राईलाई पक्राउ गरेको हो ।

राईले १ महिना १५ दिन कैद भुक्तान गर्न र ८ हजार २ सय ४९ रुपैँया जरिवाना तिर्न बाँकी रहेकाले पक्राउ गरीएको इन्स्पेक्टर तिमल्सिनाले बताए ।

यसैगरी वन मुद्दामा फरार मिक्लाजुङ–४ का रुपेश राई, सोही ठाउँका सम्भु राई, सवारी ज्यानमा उर्लाबारी–६ का सन्दीप धिमाल, विदेशी विनियममा उर्लाबारी–६ का विकास दुलाल, सरकारी छाप कीर्तेमा उर्लाबारी–३ का नारायणकुमार थापालाई पक्राउ गरिएको छ ।

त्यस्तै केही सार्वजनिक मुद्धामा मिक्लाजुङ–६ का भोटु भन्ने दिपेश नेपाली, सोही ठाउँका सुमन मगर, लागूऔषधमा मिक्लाजुङ–९ का अनुपकुमार खड्गी, सोही ठाउँका उद्धब राई र चोरीमा उर्लाबारी–३ का मिलन राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले सार्वजनिक मुद्धाका प्रतिवादी तत्कालीन मधुमल्ला–१ का अजुर्न पेहिम लिम्बूलाई पक्राउ गरेको छ । उर्लाबारी प्रहरीले पुस महिनामा मात्र १८ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारवाही गरेको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments