Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

रोल्पा, २४ पुस । जिल्लाको लुङ्ग्री गाउँपालिका–३, जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २६ यात्रु घाइते छन् ।

सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्वारी नगरपालिका–५, सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । अन्यको सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

रासस

तपाईको प्रतिक्रिया