Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

मुस्ताङ,२४ पुस । हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो।

‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन्। चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ।’
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments