Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, २२ पुस । गौरादह नगरपालिका वडा नं. १ भित्रका ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं. १ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि गरिब दलित, सीमान्तकृत र विपन्न परिवारका नागरिकहरुलाई कम्बल वितरण गरिएको हो ।

ज्येष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने मूल नाराका साथ जाडो महिनामा ओढ्न आवश्यक पर्ने न्यानो कपडा स्वरुप कम्बल वितरण गरिएको हो । वडा नं. १ ले प्रायोजन गरेको तथा ज्येष्ठ नागरिक संघ १ नं. वडा समिति तथा गौरादह नगरपालिकाको संयुक्त आयोजनमा १४० जना वृद्ध वृद्धा तथा अपाङ्गहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

कार्यक्रमको उदघाटन गर्दै गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले समाजको नेतृत्व गर्दै सामाजिक धार्मिक क्षेत्रमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको चर्चा गर्दै नगरपालिका भित्रका ९ वटै वडामा ज्येष्ठ नागरिक चौतारा निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए ।

ज्येष्ठ नागरिक संघ वडा नं. १ का अध्यक्ष नगेन्द्र घिमिरेको सभापतित्व्मा कार्यक्रम सम्पन्न भएको थियो । त्यसअवसरमा उपमेयर गीता भेट्वाल वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, ज्येष्ठ नागरिक संघ गौरादह नगर अध्यक्ष गोपाल प्रसाद काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । देवेन्द्र दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा देवेन्द्र कुमार खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया