Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिउँदे अधिवेशनको संसद बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धीहरु सांसदलाई सुनाएका छन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा, सुरुमै उनले संसदमा उठेका रंगविरंगी प्रश्नहरुको जवाफ दिनुभन्दा यस आर्थिक वर्षका बजेट र नीति तथा कार्यक्रमका कार्यान्वयनका स्थितिबारे जानकारी दिने बताएका थिए । उनले सरकार भेटिएन भनेर सबैतिर आलोचना भइरहेकाले आफूले सरकारले गरेका केही कामहरुका बारे जानकारी दिएको बताएका थिए ।

रेल र पानी जाहज संचालनका विषयलाई लिएर आफूलाई धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेको बताउँदै उनले रेल र पानी जाहज चढ्नका लागि केही धैर्य गर्न आग्रह गरेका थिए । ुरेल नि आउँछ पानी जहाज नि आउँछ । टिकट काट्न केही समय धैर्य गरौं, उनले भने ।

तपाईको प्रतिक्रिया