Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दाङ, २२ पुस । जिल्लाको राप्ती गाउँपालिका–२, बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ ।

आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।

आगलागी हुँदा घर तथा त्यसभित्र रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

उनका अनुसार घरमा पालिएका २ सय कुखुरा जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया