Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

महोत्तरी, २२ पुस । पोस्ट,जनकपुर। धनुषामा अबोध बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । हंशपुर नगरपालिका ८ की एक ५ वर्षिया बालिकालाई अन्दाथी ४८ बर्षिय व्यक्तिले बलात्कार गरेका हुन् ।

शुक्रवार दिउँसै स्थानीय कल्याण बहादुर कार्कीले चकलेटको प्रलोभन देखाएर बालिकालाई घरमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । स्कुल पढ्न गएकी बालिका घर फर्किने क्रममा उनले घर लगी थुनेर बलात्कार गरेका थिए । पछि बेहोस अवस्थामा बालिका घर पुगेपछि मात्र उनकी आमाले घटनाबारे थहा पाएकी थिइन् । घटना लगत्तै बालिकालाई स्थानीयले उपचारका लागि जनकपुर ल्याएका थिए ।

कम उमेरमा बलात्कार गर्दा अत्यधिक ब्लडिङ भएपछि बालिका बेहोस् भएकी थिइन् । उनको आज जनकपुरस्थित अंचल अस्पतालमा स्वास्थ्य परीक्षण गराएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर साहले बताए । उनले पीडित परिवारले आरोपी विरुद्ध किटानी जाहेरी दिएको र पक्राउ गर्न प्रहरी परिचालन भइसकेका बताए । उनले बालिकाको स्वास्थ्य स्थिति सुधार आएपछि घर पुगेको पनि जानकारी दिए ।

हंशपुर नै घर भएका कार्की हाल घरजग्गा विक्री गरेर गोदारमा बस्दै आएका छन् । कहिले काँही मात्र हंशपुर आउने उनी शुक्रवार बालिका बलात्कार गरेपछि फरार भएको स्थानीयले जनाएको छ ।

तपाईको प्रतिक्रिया