Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, २ पुष २०८१ । नेपाल प्रिमियर लिग ९एनपीएल०को विजेताका लागि पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार विज्ञप्ति जारी गरेर पुरस्कार घोषणा गरेको हो।

क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ। त्यस्तै दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछ।

यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ।

 

तपाईको प्रतिक्रिया