Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

एजेन्सी, २४ मंसिर २०८१ । बंगलादेशले लगातार दोस्रो पटक यू-१९ एसियाकपको उपाधि जितेको छ। आइतबार दुबइमा भएको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो। यो प्रतियोगितामा नेपाली युवा टिम भने समूहचरणबाटै बाहिरिंदै घर फर्किएको थियो। नेपालकै समूहमा रहेको बंगलादेशले उपाधि उचालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा १ सय ९८ रन बनाएको थियो। उसका लागि रिजन होसेनले ४७ रन बनाउँदा मोहमद सिहाब जेम्सले ४० रन बनाए।

त्यस्तै फरिद हसनले ३९ रन बनाउँदा जवाद अब्राले २० रन बनाएका थिए। कप्तान अजिजुल हाकिमले १६ रन बनाउँदा मरुफ मृधाले ११ रन बनाए। तुलनात्मक रुपमा कम स्कोरमै समेट्ने क्रममा भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले २-२ विकेट लिएका थिए। त्यस्तै किरन चोर्माले, केपी कार्थीकेया र आयुष महत्रेले समान १-१ विकेट लिए।

१ सय ९९ रनको लक्ष्य पछ्याएको भारत कमजोर ब्याटिङको सिकार भयो। भारत केबल ३५‍.२ ओभरमै १ सइ ३९ रनमा अलआउट भयो। भारतका लागि कप्तान मोहमेद अमानको २६ रन सर्वाधिक रह्यो। थप दोहोरो स्कोरका रुपमा आन्द्रे सिद्दार्थले २० रन बनाउँदा केपी कार्थीकेइले २१ रन बनाए भने हार्दीक राजले २४ र चेतन शर्माले १० रन जोडेका थिए।

भारतलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका इकबाल होसेन इमोन र अजिजुल हाकिमले ३-३ विकेट लिए। त्यस्तै अल फहादले २ विकेट हात पार्दा मारुफ मृधा र रिजन होसेनले १-१ विकेट लिए।

 

तपाईको प्रतिक्रिया