Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

नयाँ दिल्ली,  १९ पुस । अनेक प्रलोभन देखाएर नयाँ दिल्ली पुर्याइएका ५ जना नेपाली चेलीको उद्धार गरिएको छ ।

नयाँ दिल्लीको महिपालपुरको गुलसन पेलेस होटेलबाट उनीहरुको उद्धार गरिएको हो । रुपन्देही, सर्लाही, झापा, कास्की र मोरङ जिल्लाबाट ती महिलाहरुलाइ आकर्षक कमाइ र उज्ज्वल भविष्यको सपना देखाउँदै होटल पुर्याइएको थियो ।

२५ दिनसम्म होटलमा बन्दक बनाएर राखेको सुइँको पाएको आधारमा उनीहरुको उद्धार गरिएको माइती इन्डियाले जनाएको छ । उद्धार कार्य दिल्लीस्थित नेपाली दुताबास, दिल्ली पुलिसको सहयोगमा माइती इन्डियाको टिमले गरेको हो ।

उद्धार गरिएका सबैलाइ आजै कानुनी प्रक्रिया पुरा गरी नेपाल फर्काउने कार्यक्रम रहेको माइती इन्डियाले जानकारी दिएको छ ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया