Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १९ पुस । संघीय संसदको प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने आजको कार्यक्रम स्थगित भएको छ ।

आज मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो तर अन्तिम समयमा आएर स्थगित गरिएको हो । अब आइतबार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नेगरी कार्यक्रम सारिएको छ ।

प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण आजको कार्यक्रम सारिएको उहाँको निजि सचिवालयले जानकारी दिएको छ । ओलीले समसायीक राजनीति तथा सरकारको कार्यबारे संसदलाई जानकारी गराउने तयारी थियो ।

यस्तै, वाइडवडी खरिद प्रकरणबारे पनि प्रधानमन्त्री ओलीले सदनमा बोल्नुहुने कार्यक्रम तयारी गरिएको बताइएको छ । सरकार असक्षम भएको भन्दै प्रतिपक्षी दलले आलोचना गर्दै आएको छ ।

यसैबीच, सरकारले मधेस केन्द्रित दलहरुको माग सम्बोधन गर्न संविधान संशोधनका लागि कार्यदल बनाउने तयारी थालेको बुझिएको छ ।

न्यूज२४बाट

तपाईको प्रतिक्रिया