Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

महोत्तरी, १३ मंसिर २०८१ । एम्बुलेन्सको साइरनमा लुकाएर लागुऔषध ओसारपसार गर्दै आएको अवस्थामा २ जना पक्राउ परेका छन्। एम्बुलेन्स चालक सिन्धुलीको मरिण गाँउपालिका-६ छाप बजारका ३३ वर्षीय सबिन कुमार लाखे र सोही एम्बुलेन्समा सवार सिन्धुलीको साङवा नगरपालिका-४ का २४ वर्षीय संजिब पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डीएसपी सन्तुलाल प्रसाद जयसवारले बताए।

कार्यालयले बिहीबार जलेश्वरमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो। सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको बाग्मती प्रदेश ०१–००२ झ ६६९० नं. को एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद गरिएको हो।

गएराति बिपी राजमार्गबाट लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी बर्दिबासबाट खटिएको सुरक्षा टोलीले सो एम्बुलेन्सको साइरनमा रहेको माइक्रोफोनभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद भएको डीएसपी जयसवारले बताए।

एम्बुलेन्ससहित पक्राउ परेका दुवै जनामाथि बर्दिबास प्रहरीले अनुसन्धान गरी रहेको छ। बरामद एम्बुलेन्स सिन्धुलीस्थित मरिन गाउँपालिकाले उक्त स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको थियो।

 

तपाईको प्रतिक्रिया