Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

काठमाडौं, १२ मंसिर २०८१ । आगामी पुस ११ र १२ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको जनाएको हो।

स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको मन्त्रालयको भनाइ छ। सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ।

डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउनसक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ। स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता संस्थाहरू र विश्वका ९० भन्दा बढी मुलुकमा रहेका स्वास्थ्य सम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सम्मेलनमा सहभागीता रहने मन्त्रालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया