Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् ।

संसदका प्रवक्ता रोजनाथ पाण्डेले चौथरीको सपथ कार्यक्रम तय भएको जानकारी दिए । उनका अनुसार सभामुख कृष्णबहादुर महराले बिहान साढे ११ बजे चौधरीलाई पद तथा गोपनीयताको सपथ दिलाउने छन् ।

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बतायो ।

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा उनीविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । फरार रहेकै अवस्थामा चुनाव लडेका उनी कैलाली(१ बाट निर्वा्चित भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया