Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

जनकपुरधाम, १८ पुस । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न चोरी घटनामा संलग्न गिहोर नै पक्राउ गरेको छ ।

चोरीमा संलग्न गिरोहले जनकपुर नगर क्षेत्रमा अक्सिजन ग्यास सिलिण्डरको सहयोग तथा घरेलु हातहतियारको प्रयोग गरी चोरी घटना गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले चोरी गरेको समानसहित तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका(४ महावीरचोकका २२ अभिमन्यूकुमार साह, महोत्तरी औरही नगरपालिका(३ सोनामाईका १८ वषर्षीय रमेशकुमार यादव र धनुषाको औरही गाउँपालिका(१ का २१ वर्षीय इलियाकत राइन रहेका छन् ।

गिरोहले अक्सिजन ग्यास सिलिण्डरको सहयोगले जनकपुर बजार क्षेत्रको सटर नै काटेर चोरी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको एसपी गोविन्द थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

जनकपुर क्षेत्रमा बिभिन्न चोरी घटनामा यो गिरोहको संलग्नता रहेको एसपी थपलियाले बताए ।

असारदेखि मंसिर मसान्तसम्म जनकपुरलगायत जिल्लाका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट ठूलो परिमाणमा चोरीको सामग्री तथा चोरीमा प्रयोग हुने घरेलु हातहतियार समेत बरामद भएको छ ।

प्रहरीले उनीहरुको साथबाट एलइडी टिभी, ल्यापटप, ६ थान मोबाइल, घरेलु हातहतियार, सुनचाँदीको विभिन्न गरगहना, ढोका र झ्यालमा लगाउने १० थान पर्दा, अक्सिजन ग्यास सिलिण्डर बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी थपलियाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया