Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

लहान, १८  पुस । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा सिलबन्दी गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्दे्शिका, २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ चोहर्वा्स्थित इन्दिरा जल, आनन्द जल, गोलबजार नगरपालिका–६ स्थित कमलामाई पानी उद्योग र सीता हेल्दी कुलिङ वाटर इण्डष्ट्रिजमा सिलबन्दी गरेको हो ।

यस्तै लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर फ्याक्ट्री, लहान नगरपालिका–७ स्थित ढलकोट माता मिनरल वाटर उद्योग र कर्जन्हा नगरपालिका–१० स्थित मिथिला पानी प्रशोधन उद्योग समेत गरी आठ पानी उद्योग सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

घरेलु उद्योग कार्यालय लहान र उपभोक्ता हित संरक्षण मञ्च सिरहाका प्रतिनिधि समेतको सहभागितामा भएको अनुगमनका क्रममा मापदण्ड विपरित ती उद्योग सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख सिंहले बताए ।
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments