Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठमाडौं, ११ कार्तिक २०८१ । साफ वुमन्स च्याम्पियनसिपको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा नेपालले गरेको गोललाई मान्यता नदिएपछि विवाद भएको छ।

आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपालकी प्रिति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएका थिए तर भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएन।

खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन्। भारतले गोल गरेलगत्तै नेपाली खेलाडीले भारतको पोस्टमा गोल गरेका थिए। भारतीय खेलाडीहरू गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो।

नेपालले आफूहरूले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ।

खेलको मुख्य रेफ्री भुटानकी ओम चोकी हुन्। असिस्ट्यान्ट रेफ्री भुटानकी छोडेन छिरिङ र बंगलादेशकी मोने सल्मा अख्तर छन्। रेखा पौडेलले दोहोरो कार्ड खादै बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित छ।

 

तपाईको प्रतिक्रिया