Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, ९ कार्तिक २०८१ । एएफसी यू-१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ । खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ ।

समूहको पहिलो खेलमा नेपाल यू-१७ एसियन कपको साविक विजेता जापानसँग ९-२ को फराकिलो अन्तरले पराजित भएको थियो । कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २-० ले पराजित गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ ।

छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत छनोट भइसकेको छ ।

तपाईको प्रतिक्रिया