Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, १६ पुस । प्रहरीले काठमाडौं(२६, कपुरधाराबाट एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको रासकोट(२ का २० वर्षीय भोजराज खड्का छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार खड्काले हतियार कारोबार गर्ने गरेको सूचनाको आधारमा पछ्याउँदै जाँदा लैनचौरस्थित उनको डेरामा हतियार भेटिएको थियो । कोठाभित्र लोबेड मुनि रातो रंगको झोलामा उक्त पेस्तोल भेटिएको उप्रेतीले जनाए ।

उनका अनुसार बरामद हतियार र गोलीको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments