Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

एजेन्सी, ३ कार्तिक २०८१ । संयुक्त राष्टसङ्घीय बाल कोष ९युनिसेफ० ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिस हैजाको जोखिममा रहेको जनाएको छ। युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिब ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँदेखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ।

आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गुु ज्वरोजस्ता महामारी रोगहरू फैलिँदा सयौँको मृत्यु भएको छ।
सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो।

 

तपाईको प्रतिक्रिया