Online Bichar
बिहिबार, चैत्र ०६, २०८१ | Thursday, March 20, 2025

काठमाडौं, २० असोज २०८१ । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा करिब ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कोशी प्रदेशमा बाढी पहिरोका कारण केही क्षेत्रमा यातायात सञ्चालन नहुने स्थिति भएपनि आवतजावतमा नै समस्या नभएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिए।

आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री राईले कोशी प्रदेशका १४ जिल्लामा भएको भौतिक संरचना मर्मत तथा निर्माणका लागि तत्काल करिब १ अर्ब २ करोड ५० लाख रुपैयाँ आवश्यक भएको बताए।

मन्त्री राईले कोशी प्रदेशका केही योजनाहरू निर्माणमा ढिलाई भइरहेकोले सार्वजनिक सुनुवाइ गरी ठेक्का रद्द गर्ने बारे निर्णय लिने तयारी भइरहेको जानकारी दिए।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकास मन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालयमा देखिएको बेरुजु घटाउन निर्देशन दिइएको जानकारी दिए।

 

तपाईको प्रतिक्रिया