Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

झापा, १९ असोज २०८१ । सशस्त्र प्रहरीले लागूऔषध ब्राउनसुगरसहित सीमावर्ती झापा गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

गएराति ९:२० बजे झापा गाउँपालिका वडा नं। १ लसुनगंज सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१६प ५४७२ नम्बरको मोटरसाइकलमा सवार स्थानीय ३१ वर्षीय कौशलकुमार यादवलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा मोटरसाइकलको डिकीभित्र लुकाई छुपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक १३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई मोटरसाइकलसहित आबश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया