Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

झापा, १८ असोज २०८१ । नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एकरएक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ।

कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। यिनी योगसाधिकाको रूपमा पनि परिरचित छिन्। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका अवसरमा विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

 

तपाईको प्रतिक्रिया