Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौँ, १५ पुस । इलाका प्रहरी कार्यालय, अनारमनीले लागूऔषध ब्राउनसुगरको बेचबिखनमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट २ सय ३३ ग्राम ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरिएको हो ।

इप्रका अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भइ हाल झापाको दमक बस्दै आएका संग्रामसिंह लिम्बु, ताप्लेजुङ घर भइ अर्जुनधारा बस्दै आएका भीमबहादुर अधिकारी, ओममाया खतिवडा अधिकारी र कचनकबलकी रेवतीमाया डाँगी छन् ।

संग्रामसिंहले लागूऔषध विक्री गर्ने गरेको सूचनाका आधारमा पछ्याउँदै जाँदा गिरोहका अन्य सदस्यहरु पक्राउ परेको कोइरालाले जनाए । संग्रामले भीमबहादुर, ओममाया र रेवतीमायाबाट ब्राउन सुगर खरिद गरेको बयान दिएपछि उनीहरुको घरमा छापा मारिएको थियो । उनीहरुबाट बरामद ब्राउनसुगरको प्रयोगकर्ता कोको थिए भन्ने बारे पनि अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

पक्राउ परेकाहरुको साथबाट लागूऔषध तौल गर्न प्रयोग हुने पकेट डिजिटल तराजु, मे १० प ६३० नम्बरको बुलेट बाइक, नगद र मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तरगत कारबाही हुनेछ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments