Online Bichar
मंगलबार, बैशाख ०८, २०८३ | Tuesday, April 21, 2026

झापा, १४ असोज २०८१ । झापाको कन्काई खोलामा बेवारिसे लास फेला परेको छ । सोमबार (आज) दिउँसो अन्दाजी ३ः३० बजेको समयमा शिवशताक्षि नगरपालिका-७ स्थित कन्काई खोलाको पानिको बिच भागमा तत्काल नाम थर वतन नखुलेको पुरुष मानिसको लास घोप्टो परी शरिर सुन्निएर गलेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार गहुँ गोरो मझौला शरिर उचाइ अन्दाजी ५”५ रहेको खैरो कलरको कट्टु लगाएको अन्दाजि ३५/४० वर्षको तत्काल नाम थर वतन नखुलेको पुरुष  मानिस फेला पारीएको जनाइएको छ । घट्नाबारे थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO समेतको प्रहरी टोलि खटिएको थियो । बेवारिसे शवको साँझ ५ बजे कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ पठाएइको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया