Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

काठमाडौँ, १२ असोज २०८१ । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ।

अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन हजारको उद्धार गरिएको छ।

उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेका छन्। अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया