Online Bichar
मंगलबार, बैशाख ०१, २०८३ | Tuesday, April 14, 2026

झापा, १२ असोज २०८१ । सप्तकोशीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । अहिले भर्खरै गरेको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ३१ हजार क्युसेक पुगेको छ । यस्तै कोशी ब्यारेजका ५६ वटै ढोका खुलेका छन् भने सवारी साधन तथा मानिसहरूको आवतजावत पूर्ण रुपमा बन्द गरिएको कोशी प्रदेश मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीन तहका सुरक्षा निकायको टोली कोशी ब्यारेज क्षेत्रको अनुगमनमा पुगेको थियो । मुख्यमन्त्रीले ब्यारेजको अनुगमन गर्दै अत्यावश्यक बाहेकका यातायातमा रोक लगाउने निर्देशन दिएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया