Online Bichar
सोमबार, चैत्र ३०, २०८२ | Monday, April 13, 2026

बुटवल, ११ असोज २०८१ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक अवरुद्ध भएको छ। पाल्पाको केराबारी खण्डमा ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

साँझदेखि अवरुद्ध भएको सडकमा अहिले डोजर प्रयोग गरेर सफा गर्ने काम सुरु गरे पनि अधिक वर्षा र रात भएका कारणले समस्या भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

डिभिजन सडक कार्यालय पाल्पाले भोलि बिहानसम्म सडक खुल्ने गरी काम भएको बताएको छ। प्रहरीले उक्त सडकमा रातिमा सवारी साधन चलाउनका लागि रोक लगाएको छ ।

 

तपाईको प्रतिक्रिया