Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, ९ असोज २०८१ । आज नेप्से करिब ५० अंक बढेर बन्द भएको छ। नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको हो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ। पछिल्ला दुई कारोबारका दिन लगातार घटेको नेप्से आज बढेको हो।

नेप्से बढे पनि आज कारोबार रकम भने कमजोर छ। मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज दिन ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

आज ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

तपाईको प्रतिक्रिया