Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

धरान, १६ भदौ २०८१ । धरान घुम्न आएकी एक युवती बलात्कारको सिकार बनेकी छिन्। ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीय युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ।

रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको युवतीले बताकी छिन्। युवती बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए।

युवतीले आफूलाई रोजगारी मिलाइदिने भन्दै अभियुक्तले होटलमा भेट गरौं भनी जबरजस्ती गरेको बताएकी छिन्। अभियुक्त राईले आफूलाई बलत्कार गरी कुटपिट गरेर होटलमा बन्धक बनाएर राखेको पनि बताएकी छिन्। अर्को मान्छेले होटलको कोठाको ढोका खोलिदिएपछि युवती बाहिर निस्किएर प्रहरीकोमा पुगेकी थिइन्।

बलात्कार गरि फरार रहेका राइलाई वडा प्रहरी कार्यालय धरानको प्रहरीले छाताचोकबाट पक्राउ गरेको थियो। पीडित युवतीको स्वास्थ्य परीक्षण गरी अभियुक्त विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको एसपी रेग्मीले बताएका छन्। पीडित युवतीको धरानमा आफन्त कोही नभएकोले उनलाई प्रहरीले संरक्षण गरेर राखेको छ।

 

तपाईको प्रतिक्रिया