Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

झापा, १२ भदौ २०८१ । तीर्थयात्रीहरूको टोली लिएर भारतको मथुरा गएका झापा बिर्तामोडका एक व्यक्तिको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनी प्रदेश नं १–४१५२ ख नं को मातृभाग्य रेखा बसका स्टाफ हुन् ।

करिब २६ जनाको तीर्थयात्रीको टोली लिएर भुजेल भदौ ४ गते चारधाम यात्राको लागि गएका थिए । भदौ १० गते राति ९ बजे भुजेल दुर्घटनामा परेको जनाइएको छ । बस बिर्तामोडको भएपनि तीर्थयात्रीहरू सुनसरी भारदहको भएको बताइएको छ । गाडी पार्किङ गर्नेक्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लहरीले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि भुजेलसँगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सो घटनापछि तीर्थयात्रीहरू अलपत्र परेको बताइएको छ । मृतकको शव आज घर आइपुग्ने छिमेकीले बताएका छन् । बस मथुरामा दुर्घटनामा परेको र तीर्थयात्रीहरू अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया