Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

काठमाडौं, ९ भदौ २०८१ । नेपालले भुटानलाई हराउँदै साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा जेत्सन दोर्जीले गोल गरेर भुटानलाई अग्रता दिए। नेपालका निराजन धामीको गोलबाट बराबरी भयो। पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे भने भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे।

भारत र बंगलादेशबीचको सेमिफाइनल खेल भने भोलि हुने छ। फाइनल खेल बुधबार दशरथ रंगशालामा हुने छ।

 

तपाईको प्रतिक्रिया