ललितपुर, ९ भदौ २०८१ । नेपाल र भारतका ३० बक्सरहरू सीजी जी स्पोर्ट्स् फाइट नाइटमा भिड्नेछन्।
सीजीजी स्पोर्टस् हबको पहिलो प्रतियोगिताको रूपमा ‘फाइट नाइट’ आइतबार इखादोल नागार्जुनमा हुने भएको छ। प्रतियोगिताको विशेष सहयोगीको रुपमा नेपाल बक्सिङ माहासंघ रहेको छ।
प्रतिगोतिमा २ देशका ३० खेलाडीले सहभागिता जनाउनेछन्। नेपालबाट सीजीजी , एच तु ओ, फाइट प्रमोशन, थानकोट बक्सिङ क्लब, बोक्समान्दु , बोशिगाउँ स्पोर्टस् क्लब, स्वीट साइन्स क्लबका बक्सरहरुले सहभागिता जनाउनेछन् भने भारतका दुई बक्सिङ क्लबहरू एस एम बक्सिङ एकेडेमी, गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउनेछन्।
३० बाउट हुने प्रतियोगितामा विजेताहरुले पदक र आकर्षक उपहार प्राप्त गर्नेछन्। प्रतियोगिता साँझ ४ बजे सी जीजी स्पोर्ट्स हबको परिसरमा हुनेछ।