Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

काठ्माडौं, ५ भदौ २०८१ । स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।

आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ।

बुधबार को कारोबारमा बैङ्किङ शून्य दशमलव ५९, विकास बैङ्क शून्य दशमलव ७२, वित्त चार दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बिमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ। त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बिमा शून्य दशमलव ६८ र व्यापार समूह दुई दशमलव ०९ प्रतिशतले घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड, सिन्धु विकास बैङ्क लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने कुमारी बैङ्क लिमिटेडको १२ लाख ९४ हजार एक सय ३० कित्ता शेयर किनबेच भएको छ।रासस

 

तपाईको प्रतिक्रिया