झापा, ४ भदौ २०८१ । झापामा धारिलो हतियार प्रहार गरि श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । शिवसताक्षि नगरपालिका-८ शिवालय टोल बस्ने ४७ वर्षिय ओम प्रकाश अधिकारीले श्रीमति ३० वर्षिया रन्जना गौतम अधिकारीलाई धारिलो हतियार(खुकुरि) प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार घरायसी विवादको क्रममा श्रीमानले श्रीमतीको घाँटिमा खुकुरी प्रहार गर्दा घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घट्नाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलि खटि गई हत्यारा ओम प्रकाश अधिकारीलाई धारीलो हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।