Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौँ, १ भदौ २०८१ । भारतको कोलकातामा महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा पनि विरोध प्रदर्शन भएको छ।

वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो। कोलकाताको अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो।

ती चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो। अस्पताल स्रोतका अनुसार ती महिला चिकित्सक आफ्नो ड्यूटी सकेर आराम गर्न गएकी थिइन्।

घटनाको विरोधमा भारतको कोलकाता, नयाँदिल्ली‚ हैदराबाद, मुम्बई, पुणे, लखनउ, अहमदाबाद, गुहावटी, चेन्नई‚ प्रयागराज लगायतका शहरमा पनि विरोध प्रदर्शन गरिएका छन्। तीमध्ये अधिकांश प्रदर्शनको नेतृत्व चिकित्सकहरूले गरेका छन्।

तपाईको प्रतिक्रिया