Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

झापा, २९ साउन २०८१ । झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बाह्रदशी गाँउपालिका-१ नयाँ बस्ति बस्ने ४२ वर्षिय च्याङवा तामाङको मृत्यु भएको हो ।

सोमबार ९ बजेको समयमा बाह्रदशी गाउँपालिका-२ जनता बजार स्थित भित्री सडक खण्डमा कुटिबाट राजगढ तर्फ आउदै गरेको मे ४ प ५१५६ न.को मोटरसाईकलले पैदल यात्री तामाङलाई ठक्कर दिई घाइते बनाएका थिए । उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा आज ११ः४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाईकल पछाडी सवार कचनकवल गाँउपालिका-१ बस्ने १९ वर्षिय श्रवण राजबंशी समेत निधार र टाउकोमा चोट लागी घाइते भएकोले सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मो

टरसाईकल चालक कचनकवल-१ पिण्डलबारी बस्ने वर्ष १९ वर्षिय देबराज राजबंशी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ । शवको सम्पुर्ण कानुनि प्रकृयाको लागी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटि थप अनुसन्धान कार्य समेत जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया