Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

झापा, २८ साउन २०८१ । खेल्ने क्रममा खोलामा डुबि एक बालकको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका –१ स्थित देवी खोलामा डुबेर सोही ठाउँका महेश रसाइलीको ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार साँझ ५ बजेको समयमा खोलामा खेल्ने क्रममा ती बालक डुबेको अवस्थामा स्थानीयले देखेर उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएका थिए । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया