Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, २७ साउन २०८१ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै ३ दिनसम्म देशका विभिन्न ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको अनुमान गरेको छ।

हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाको भनाइ छ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी ३ दिनसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा हलुकादेखि मुसलधारे वर्षासम्मको सम्भावना रहेको जानकारी दिए।

“यतिवेला मनसुन धेरै सक्रिय नभएकाले मुसलधारे वर्षाको सम्भावना छैन तर बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्का घटनाबाट भने सतर्कता अपनाउनुपर्छ”, उनले भने।

महाशाखाका अनुसार आज राति देशभरि आंशिकदेखि साधारणतया बदली रहनेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका १र२ ठाउँमा मुसलधारे वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।

 

तपाईको प्रतिक्रिया