Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २५ साउन २०८१ । नेपाल सरकारका सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ।

डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा सङ्घीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताए।

प्रवक्ता बुढाथोकीले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग भएको छलफलपश्चात् डेङ्गुको उपचार निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार बैठकले आआफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, डेङ्गु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ।

महाशाखाका अनुसार गत पुस १५ देखि हालसम्म नेपालका ७३ जिल्लामा दुई हजार ३६५ जना डेङ्गु सङ्क्रमित पुगिसकेका छन्। गत मङ्गलबार तनहुँमा ५० वर्षीय पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो।

 

तपाईको प्रतिक्रिया