Online Bichar
बिहिबार, जेठ २८, २०८३ | Thursday, June 11, 2026

काठमाडौं, २३ साउन २०८१ । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा आयोजक नेपाललाई स्तब्ध पार्दै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३-२ सेटले जितेको हो।

त्रिपुरेश्वरस्थित कर्भड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट जित्दै अग्रता लिएको थियो। दोस्रो सेट भारतले जित्दा तेस्रो सेट जित्दै नेपालले पुनरागमन गरेको थियो। तर, नेपालले चौथो सेट पनि गुमाएको थियो। पाँचौं सेटमा नेपाल भारतसँग ५-१५ पराजित भएको थियो।

यसअघि नेपालले पहिलो सेट २५-२३ र तेस्रो सेट २५-२२ ले जितेको थियो। भारतले भने दोस्रो सेट १४-२५, चौथो सेट २५-२१ र पाँचौं सेट १५-५ ले जितेको हो।

 

 

तपाईको प्रतिक्रिया