Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

काठमाडौं, २३ साउन २०८१ । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ ।

फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ ।

सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् ।

यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।

लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । त्यो लक्ष्यबाट नेपाल अब एक कदम मात्र मात्र टाढा छ । उता पहिलो पटक नेपालसँग पराजित भएको भारत पनि फाइनलमा त्यसको बदला लिंदै उपाधि जित्ने लक्ष्यमा छ ।

लिग चरणमा नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ नेपालले भारतलाई २५(१८, १२(२५, २५(१७, २५(१८, १५(१३ ले पराजित गरेको थियो ।

पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग ५ पटक खेल्दा पहिलोपटक पराजित गरेको हो । सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० को फाइनलमा नेपाल भारतसँग पाँच सेटमै खेलमा पराजित भएको थियो । त्यसअघि समूह चरणमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।

यस्तै गतवर्ष काठामाडौंमै भएको काभा वुमन्स च्याल्नेज कप र चीनको हान्जाउमा भएको १९औं एसियाडमा नेपालभ रतसाग समान ४(१ ले पराजित भएको थियो ।

भारतलाई पहिलोपटक हराउने लक्ष्य पूरा गरिसकेको नेपाल अब फाइनलमा पराजित गर्दै १३औं सागको फाइनलमा व्यहोरेको हारको बदला लिने योजनामा छ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपालले लिग चरणमा इरानविरुद्ध प्रतिस्पर्धात्मक खेल हारेपछि रणनीतिमा परिवर्तन गर्दै त्यही इरानविरुद्ध सेमिफाइनलमा सोझो सेटमा जित निकालेको थियो । यसबाट पनि नेपाली टोली उत्साहित छ ।

नेपालको मुख्य स्पाइकर निरुता ठगुन्ना र उषा भण्डारी हुन् । उनीलाईलाई फरक तरिकाले खेलाउँदा नेपाल सफल भएको थियो ।

फाइनलमा पनि दुवैले त्यही लय कायम राखे विपक्षीका लागि यी दुई खेलाडीलाई रोक्न कठिन हुनेछ । उनीहरुलाई मिडल ब्लकर सुमित्रा रेग्मी र अपोजिट हिटर सरस्वती चौधरीले राम्रो साथ दिइरहेका छन् । नेपाली लिबेरो सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।

भारतविरुद्ध नेपालले लगातार खेल्दै आएको छ भने भारतका खेलाडीहरु नेपालमा आएर एनभीए कपदेखि विभिन्न प्रतियोगिताहरु समेत खेलेका छन् । त्यसैले भारतीय खेलाडीविरुद्ध नेपाल जानकार छ । दुवै टोलीलाई एक अर्काको बलियो र कमजोरीबारे थाहा छ ।

नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतको स्पाइक र ब्लक नेपालभन्दा राम्रो रहेकोले त्यसलाई रोक्न सके खेल जित्न नेपाललाई सहज हुने बताएका थिए । ‘भारतको स्पाइक र ब्लक मात्र हाम्रोभन्दा राम्रो छ । हामीले डिफेन्स र सर्भिसमा राम्रो गर्न सक्यौं भने भारतलाई पनि हराउँछौं,’ भट्टले इरानलाई सेमिफाइनलमा हराएपछि भनेका थिए ।

भारतका मिडल ब्लकर सूर्या, आउटसाइड हिटरद्वय अनुश्री, सालिनी तथा अपोजिट हिटर राधा मुख्य खेलाडीका रुपमा छन् ।

कप्तान अरुणा शाहीले भारतविरुद्ध खेल्दा छुट्टै उत्साह आउने बताएकी छन् । ‘अरू टिमसँग भन्दा भारतसँग खेल्न हाम्रो टिम बढी नै एक्साइटेड हुन्छ । यी दुई टिमबीचको प्रतिस्पर्धाले गर्दा पनि राम्रो खेल्नुपर्छ भन्ने मानसिकता हुन्छ,’ उनले भनिन् ।

नेपालका प्रशिक्षक र कप्तान दुवैले फाइनलमा अझ राम्रो प्रदर्शन गरेर उपाधि जित्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया