Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, २१ साउन २०८१ । नेपालको राष्ट्रिय महिला भलिबल टोलीले माल्दिभ्सलाई पराजित गरेको छ।

काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० सेटले पराजित गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९, २५-१८ ले हराएको हो।

लिग चरणको समाप्तिसँगै अब मंगलबार सेमिफाइनलको खेल हुने छ। सेमिफाइनलमा नेपाल र इरान तथा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ।

तपाईको प्रतिक्रिया